एकीकरण योद्धा कालु पाँडेको समाधिमा पुगे पुर्वयुवराज पारस

Newslaya Home

एकीकरण योद्धा कालु पाँडेको समाधिमा पुगे पुर्वयुवराज पारस

शनिबार ०७, भदौ २०७६

काठमाडौं । पूर्वयूवराज पारस शाहले काजी कालु पाँडेलाई सम्मान गरेका छन् ।

नेपाल एकीकरणका योद्धा पाँडेको समाधिमा पुगेर उनले सम्मान अर्पण गरेका हुन् ।

काठमाडौँ महानगरपालिका नागर्जुन, वडा नं ७, दहचोकमा कालु पाँडेको समाधि छ ।

कीर्तिपुरको लडाईमा पाँडेले वीरगति प्राप्त गरेपछि गोरखा देखिने ठाउँमा शव गाडिदिनु भन्ने इच्छा व्यक्त गरे बमोजिम उनको शीर दहचोकमा गाडिएको इतिहास छ ।

पूर्व यूवराज पारसलाई स्थानियहरुले स्वागत गरेका थिए । कान्काली, दहचोक र कालु पाँडेको समाधिस्थल, तीन ठाउँमा स्थानीयले घडा कलश राखेका थिए।