विराटनगरको रथयात्रामा ५५ चोर समातिए

Newslaya Home

विराटनगरको रथयात्रामा ५५ चोर समातिए

शनिबार ०७, भदौ २०७६

मोरङ । विराटनगरमा आयोजित राधाकृष्ण रथयात्राबाट ५५ जना चोर समातिएका छन् ।

सुनको सिक्री थुत्ने र मोबाइल चोर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गरिएको थियो ।

रथयात्राको लागि सादा पोशाकमा २ सय र पोशाकमा १५ सय गरी १७ सय प्रहरी परिचालन गरेको थियो । सुरक्षा व्यवस्था कडा पारिएका कारण उनीहरुलाई तत्काल पक्राउ गर्न सफल भएको डीएसपी खिउजुको भनाइ छ ।