इटहरी, विराटनगर, इनरुवा र विराटचोकमा राधाकृष्ण रथयात्रा सम्पन्न (तस्वीरहरु)

Newslaya Home

इटहरी, विराटनगर, इनरुवा र विराटचोकमा राधाकृष्ण रथयात्रा सम्पन्न (तस्वीरहरु)

- प्रमोद गेलाल
शनिबार ०७, भदौ २०७६

इटहरी । पुृर्वमा राधाकृष्ण रथयात्रा धुमधामका साथ मनाइएको छ । विराटनगर, इटहरी, विराटचोक, इनरुवा लगायतका स्थानमा रथयात्रा मनाइएको हो ।

विराटनगरमा हजारौंको सहभागितामा रथयात्रा सम्पन्न भएको छ । दक्षिण एसियाकै ठूलोमध्ये पर्ने यो रथयात्रामा पूर्वभरीबाट र भारतबाट समेत भक्तजनहरुको उपस्थिती थियो ।

यस्तै यता विराटचोक र इटहरीमा पनि रथयात्रा गरिएको छ । विराटचोकको श्रीकृष्ण प्रणामी मन्दिरको परिसरबाट राधाकृष्णको रथयात्रा सुरु गरिएको थियो भने इटहरी र विराटनगरमा राधाकृष्ण मन्दिरबाट सुरु गरिएको थियो ।

रथ यात्रालाई आकाशबाट पुष्पवृष्टिसमेत गरिएको थियो । हेरौं पूर्वी नेपालका विभिन्न ठाउँमा भएका रथयात्राका तस्वीरहरु :