जिल्ला कारागार झापामा क्षमताभन्दा बढी कैदि

Newslaya Home

जिल्ला कारागार झापामा क्षमताभन्दा बढी कैदि

शनिबार ०७, भदौ २०७६

झापा । जिल्ला कारागार झापामा क्षमताभन्दा बढी कैदि रहेका छन् । चार सय कैदी बन्दी क्षमता भएको कारागारमा हाल एक हजार १३६ जना कैन्दी बन्दी रहेका छन् ।

झापा कारागारको क्षमता ३५० पुरुष र महिला ५० गरी जम्मा ४०० रहेको छ । हाल कारागारमा एक हजार ४६ पुरुष, ९० महिला कैन्दी बन्दी र पाँच बालबालिका आश्रित रहेको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिए । प्रमुख निरौलाका अनुसार क्षमताभन्दा तेब्बर कैदी बन्दी भएकाले आवास, विद्युत, खानेपानी, स्वास्थ्योपचारलगायतको व्यवस्थापनमा समस्या हुने गरेको छ ।

पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको छ ।