नेपाल–भारत रेल तिहारसम्ममा संचालनमा आउने

Newslaya Home

नेपाल–भारत रेल तिहारसम्ममा संचालनमा आउने

शनिबार ०७, भदौ २०७६

काठमाडौं । नेपाल–भारत रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल सञ्चालन गर्न कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै दुई सय कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन यो रेल कात्तिकसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको जनाइएको छ । दुई महीनाभित्र रेल नेपाल आइपुग्ने विभागका प्रवक्ता अमन चित्रकारले बताए ।