भारतीय पूर्व अर्थमन्त्री जेटलीको निधन

Newslaya Home

भारतीय पूर्व अर्थमन्त्री जेटलीको निधन

शनिबार ०७, भदौ २०७६

काठमाडौं । भारतका पूर्वअर्थमन्त्री एवं भाजपाका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा उनको शनिवार निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

६६ वर्षीय जेटलीलाई श्वासप्रश्वासमा समस्या भएपछि अगस्ट ९ मा दिल्लीको एम्स अस्पलतामा भर्ना गरिएको थियो ।

उनी यसअघिको नरेन्द्र मोदी नेतृत्वको सरकारमा अर्थमन्त्री थिए ।