झापाको केर्खामा भारतीय सवारीको ठक्करबाट एक महिलाको मृत्यु

Newslaya Home

झापाको केर्खामा भारतीय सवारीको ठक्करबाट एक महिलाको मृत्यु

शनिबार ०७, भदौ २०७६

झापा । झापामा भारतीय सवारीको ठक्करबाट शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ ।
कमल गाउँपालिका स्थित सानो केर्खा बजार छेउ पूर्वपश्चिम हाइवेमा भएको दुर्घटनामा परि अन्दाजी ६० वर्षकी महिलाको मृत्यु भएको हो ।

पूर्ववाट पश्चिम तर्फ आउदै गरेको भारतीय एच आर ६९ सी ३१७१ नंम्वरको लहरीले महिलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक महिलाको पहिचान खुलेका छैन । उनको सव पोष्टमार्टमको लागि दमक स्थित दमक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।