पाँचथरका दुई विद्यालय नमूना विद्यालयमा छनौट

Newslaya Home

पाँचथरका दुई विद्यालय नमूना विद्यालयमा छनौट

शनिबार ०७, भदौ २०७६

पाँचथर । पाँचथरका दुईवटा विद्यालय नमुना विद्यालयमा छनौट भएका छन् । फिदिममा रहेको फिदिम मावि र फाल्गुनन्द गाउँपालिका स्थित नवमीडाँडामा रहेका सिद्धदेवी मावि नमुना छनौटमा परेका हुन् ।

आवश्यक मापदण्डका आधारमा नेपाल सरकारले यसवर्ष देशभरका एक सय वटा विद्यालयलाई नमूना विद्यालय छनौट गर्दा फिदिम मावि फिदिम र सिद्धदेवी मावि नवमीडाँडा पनि नमूना विद्यालयमा छनौट भएका हुन्।

अव चाँडै विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रअलाई प्रशिक्षण दिने फिदिम मा.वि.का प्रअ विनोद ठाकुरले बताए ।