लगातार तीन दिन देशभर चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन आग्रह

Newslaya Home

लगातार तीन दिन देशभर चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन आग्रह

शनिबार ०७, भदौ २०७६

काठमाडौं । आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने मौसमविदले जनाएका छन् । देशको पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना रहेको छ भने मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
मेघ गर्जन र चट्टयांगसहित पानी पर्ने क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदको भनाइ छ ।