म प्रेम गर्छु युनिकालाई : विशाल विमर्श

Newslaya Home

म प्रेम गर्छु युनिकालाई : विशाल विमर्श

शनिबार ०७, भदौ २०७६

म यानिकी विशाल विमर्श प्रेम को मामिलामा अलि कच्चा, या भनौ धेरैबाट रिजेक्टेड ।
तर घनश्याम पथिककि युनकिाले भने मलाई प्रेम गर्न सिकाएकी छे । कविता र गजल विधामा आफ्नो पहिचान बनाइसकेका कवि तथा गजलकार घनश्याम पथिकको पहिलो आख्यानात्मक कृति हो युनिका । काँडाको हाँगामा एउटा पहेँलो चराले केही बकिरहेको चित्रले पुस्तकको आवरणलाई सजाइदिएको छ– फाइन आर्ट सेन्टरले । उपन्यासभित्र प्रवेश गर्दा उपन्यासभित्र पनि अर्को उपन्यास छ । यस आख्यानको सुरुवातमा म पात्र एक पाठकको रूपमा प्रस्तुत छ। म पात्रले युनिका उपन्यासलाई मदन पुरस्कार घोषणा गरेकाले कृति चर्चित भएकै कारण पढ्ने निधो गर्छ र पढ्न थाल्छ। आख्यानको मध्यभागमा युनिका र समिकको प्रेम कहानी प्रस्तुत छ ।


तराई झापाको एउटा स्कूलबाट शुरू भएको उपन्यासको कथाले फ्ल्यासब्याकमा काठमाडौंको बसपार्कमा ‘कान्छो’ र ‘समिक’ छुट्टिन लागेको घटनादेखि वास्तवमा उपन्यास शुरू हुन्छ। उपन्यास शुरू गर्नेसाथै मलाई तानेको होइन युनिकाले। उसो त प्रेम प्रसंगमाथि लेखिएको भन्ने थाहा पाएपछि खै किन हो किन पढ्न निक्कै उत्सुक बनेको हूँ। अझ पढ़्दैजाँदा लेखिएको रहेछ( ‘म बुद्धलाई चिन्छु तर बुद्धले मलाई चिन्दैनन्। मैले बुद्धलाई पढेको छु तर बुद्धले मलाई पढेका छैनन्।’ त्यसपछि त उपन्यास म पढ़्छु नै भन्ने लागेको हो। फेरि लेखिएको रहेछ( ‘बुद्ध र सगरमाथाको नामले चिनिएको नेपाल...।’ उपन्यासमा मात्रै प्रेमकहानी छैन। प्रेमरसमा आधारित उपन्यासमा प्रेमरसका कुराहरू मात्रै छैनन्।


बसपार्कबाट ‘कान्छो’(को बस छुट्टिसकेको समय( ‘गाडीले अचानक स्टार्ट बन्द र्गयो। म हत्त न पत्त उत्रिएँ। कान्छो गएतिर हेरें। फर्किए हुन्थ्यो झैं लाग्यो मनमा। फेरि नफर्कियोस् जस्तो लागिहाल्यो। फर्की भने फेरि छुट्न गाह्रो हुन्थ्यो।’ पढिसकेपछि कान्छो नै युनिका हो कि..? भन्ने जिज्ञासा जागिरहेको थियो। यस्ता धेरैवटा जिज्ञासाहरू घरिघरि उठिरहने भए पनि त्यो बुझ्न उपन्यासको अन्तसम्म पर्खिरहनु नपर्ने एउटा पक्ष उपन्यासमा छ। पहिले त्यो नहुनु पर्ने्थियो, कुनै पनि जिज्ञासाको खुलासा अन्तमा हुनुपर्ने थियो जस्तो लागेका भए पनि यही कुराले उपन्यासमा सत्यता झल्काएको पाउन सकिने मलाई लागेको हो। यही एउटा पक्ष हो जसले उपन्यास काल्पनिक नभएर यथार्थ लाग्नसक्छ।

अर्को एकठाउँ लेखिएको छ( ‘हिजो पैदल हिँड़्नेले आज बाइकको चाहना गर्छ। बाइक चढ़्ने कारको कल्पनामा चुर्लुम्म डुब्छ। यस्तै चाहना गर्दागर्दै मान्छेको एकदिन अन्त्य हुन्छ।’ उपन्यास प्रेमिलकथा मै घुमिरहँदारहँदा पनि जीवनप्रतिको दर्शन यसरी पाउन सकिन्छ उपन्यासमा। माया, प्रेम, आफ्ना(आफन्त, धन(सम्पत्ति सबै निरर्थक हुन्। जस्तै चाहना गरेपनि, जतिनै प्राप्त गरेपनि, संसारै जिते पनि एकदिन मृत्यु हुन्छ मान्छेको। त्यसपछि भौतिक संसार नै छोड़ेर जानुपर्छ। त्यसैले यी सबै व्यर्थ हुन्। सपना, कल्पना, चाहना निरर्थक बन्छन्। आख्यानकारले तर पाठकलाई पटक्कै कथादेखि बाहिर डुलाएको अनुभव हुँदैन। ज्ञघऔं अध्यायमा आएर पृष्ठ ढढ(मा भनिएको छ( ‘देश द्वन्तमा फसेको छ। जताततै माओवादी आतङ्क छ। सँगसँगै सुरक्षा फौजको नियन्त्रण तङ्क पनि। मान्छे नमरेको समाचार हुँदैन।’ अनि अझै लेखिएको छ( ‘...देश, परिवार र समाज सम्झिँदै मन अत्यन्तै दुःखी बन्छ।’

एक पटक युनिकाको र समिकको प्रेम मौलाउँछ। विहे गर्ने तयारीसम्म पुग्छन् र विवाहका लागि बाबुले स्वीकृति नदिएपछि फेरि प्रेम टुट्छ। यसरी मिलन र बिछोडको आरोह अवरोहलाई दुवै पात्रले परिस्थितिसँगै स्वीकार्दै गएको देखिन्छ। अन्त्यमा समिक आफ्नो प्रेम प्राप्तिका लागि अन्तिम लडाइँ लड्नक लागि काठमाडौ पुग्छन्। युनिकासँग कुरा गर्न अनेक प्रयत्न गर्दा पनि सफल नभएपछि साथीको बुबामार्फत् कुरा बुझ्दा युनिकाको फूलमाला युनिकाले नै मनपराएको अर्को केटासँग भएको कुरासँगै आख्यानभित्रको आख्यान समाप्त हुन्छ। अन्तिम भागमा आख्यान पढिरहेका म पात्रको आफ्नै प्रेमकहानी चर्चित उपन्यास भएको र त्यसको वास्तविक लेखक समिककै साथी भएको तर अर्कैले फाइदा लिएको कुरासँगै युनिकाको आख्यान सकिन्छ।

सबै उपन्यासका बारे लेखेर सकिन्न । यसकारण पनि कि प्रेमलाइ जति वर्णन गरेपनि शब्द पुग्दैन । प्रेम मात्रै हैन यस भित्र राष्ट्र प्रतिको माया पनि झल्किएको छ ।

यस आख्यानको परिवेश काठमाडौंको मैतीदेवी, घट्टेकुलो, कालीमाटी, कुलेश्वर, स्वयम्भु, बालाजु, गोदावरी आदि छन् भने झापाको विर्तामोड र चारआली पनि केही समेटिएको छ। काठमाडौं बसेर जागिर खाँदै पढ्ने युवाहरूको जीवनशैलीलाई पनि यस आख्यानमा उतार्न खोजिएको देखिन्छ । जीवनको सम्पूर्णताको व्याख्या नभए तापनि यस कृतिले उपन्यासको पूर्ण रूप पाएको छ ।

युनिकाले मलाई प्रेममा बाँधेकी छन् । लेखकलाई शुभकामना ।