सुन्दरहरैंचाकी अन्जुलाई मारेर पथरीमा झुण्ड्याएको आरोपमा तीन जना पक्राउ

Newslaya Home

सुन्दरहरैंचाकी अन्जुलाई मारेर पथरीमा झुण्ड्याएको आरोपमा तीन जना पक्राउ

शुक्रबार ०६, भदौ २०७६

पथरी । महिलालाई मारेर झुण्ड्याएको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा १, बेलेपुरकी ३१ बर्षय अन्जु खड्कालाई मारेर कानेपोखरीको जंगलमा झुण्डाएको आरोपमा पतिको किटानी जाहेरीपछि पक्राउ गरिएको हो ।

सुन्दरहरैचा–१२, बस्ने ४१ बर्षिय कुमार अधिकारी र ३२ बर्षिय कविता अधिकारी, सुन्दरहरैचा –९ बस्ने २६ बर्षिय मुना दाहाल छन् ।

गत साउन २५ गते शनिबार ८ बजे राती झुण्डीएको अवस्थामा अन्जु खड्काको शव फेला परेको थियो । सुरुमा आत्महत्या भन्दै पोष्टमार्टम गरेर अत्येस्टी गरेता पनि श्रीमानले तीन जनाको नाममा किटानी जाहेरी दिएका हुन् ।

बैदेशीक रोजगारका क्रममा साउदीमा रहेको श्रीमान गणेश खड्काले भदौ २ गते जाहेरी दिएको इलाका प्रहरी कार्यालय पथरीका डिएपी लक्ष्मी अधिकारीले बताए ।

पक्राउ गरिएकोलाई विहिबार म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाईएको छ ।