बढी मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या

Newslaya Home

बढी मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या

शुक्रबार ०६, भदौ २०७६

ऐजेन्सी । महिलाको प्रजनन क्षमतासम्बन्धी अनौठो तथ्य सार्वजनिक भएको छ । अध्ययनअनुसार बढी मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या हुने देखाएको छ ।

मेकअपका प्रशाधनमा हुने रसायनका कारण महिलालाई प्रजननमा समस्या हुने शोधको दावी छ ।

कस्मेटिक मात्र नभएर शौचालयमा प्रयोग हुने रसायन र अन्य प्याकेजका खानेकुराले समेत प्रजनन् क्षमतामा प्रतिकुल असर पार्ने शोधकर्ताहरुले बताएका छन् ।

अध्यनका क्रममा लिपिष्टिक, नङ लगाउने पालिस हटाउने रसायन, बडी वास, हेयर केयर प्रसाधन लगायतका रसायनले प्रजननमा असर पार्ने पाइएको रिपोर्टमा उल्लेख छ ।