तेह्रथुममा पनि भेटिए डेंगुका बिरामी

Newslaya Home

तेह्रथुममा पनि भेटिए डेंगुका बिरामी

बिहीबार ०५, भदौ २०७६

तेह्रथुम । तेह्रथुममा पनि डेंगुका बिरामी भेटिएका छन् ।

जिल्ला अस्पताल तेह्रथुममा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म चार जनामा डेँगुको संक्रमण भएको भेटिएको हो ।

उपचारका लागि आएका विरामीहरु केही दिन अगाडी धरान, ईटहरी पुगेर आएका थिए । अस्पतालका चिकित्शकका अनुसार जिल्ला अस्पतालमा उपचारका लागि आएका चार जना बिरामीको उपचारका क्रममा रगत परीक्षण गर्दा उनीहरुमा यो रोग देखा परेको हो ।

जसमा दुई महिला र दुई पुरुषको रगत परीक्षणका क्रममा डेँगु देखापरेको थियोे । डेंगु सक्रमितमा लालीगुराँस नगरपालिका–८की राधा खनाल, उनकी छोरी समिक्षा खनाल, म्याङलुङ नगरपालिका–१ का नर बहादुर खत्री र संखुवासभा चैनपुरका विमल राई रहेका छन् ।

अहिले विरामी चारैजनाको जिल्ला अस्पतालमै उपचार भइरहेको अस्पतालले जनाएको छ ।