‘पार्टीका झोलेहरुले जे भनुन् मतलब छैन’

Newslaya Home

‘पार्टीका झोलेहरुले जे भनुन् मतलब छैन’

बिहीबार ०५, भदौ २०७६

‘यो अँधेरो केहिबेरको लागी मात्र हो, भोली बिहान फेरी सुर्य उदाउने छ र नयाँ दृश्य छर्लङ्ग देखिनेछ’ आदरणीय रवी लामिछाने दाईसंग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो ।

कसुर सावित नभएतापनि कसुरवार सरह जीवन यापन गरिरहेका रवी दाइसंगको २ मिनेटको त्यो भेटमा उहाँले मेरो स्वास्थ्य अवस्था मात्र होईन सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्तिको बारेमा पनि सोध्न भ्याउनुभयो ।

म, रवी दाईसंग जेल भित्र २ मिनेटको भलाकुसारी गरिरहदा बाहिर उनै रवी दाईको समर्थनमा घन्किरहेको केहि नाराहरुले हामी बिचको संवादमा अवरोध खडा गरिरहेको थियो । ३६ डिग्रीको उग्रतापमा गुन्जिरहेको ‘हाम्रो देश, हाम्रो रवी, प्राण भन्दा प्यारो छ’ भन्ने आवाजलाई म स्पस्ट सुनिरहेको थिएँ । त्यही आवाजका बिचमा हाम्रो संवाद चलिरहेको थियो ।

निश्चित अवधिभित्र, समुहमा भेट्नुपर्ने नियमानुसार हाम्रो ठुलो टोली रवी दाईलाई भेट्न गएका थियौंं । रवी दाईलाई कैदीको रुपमा टाढैबाट पहिलो दृश्य मेरो आँखामा पर्दा मनमा चसक्क काँडा बिझेसरी भएको थियो ।

त्यती खेरै मैले सम्झें, केहि बर्ष अगाडी मैले रवी दाईको बारेमा सम्प्रेशण गरेको लेख ।

रबी लामिछाने जस्ता न्यायिक व्यक्तिको पक्षमा लेखिएको मेरो त्यो लेखको सिर्सक भित्र लुकेको भावलाई नपढी धेरै ब्यक्तीले मलाई नकारात्मक प्रतिकृया दिए । मलाई अपाच्य हुनेखालका अपशब्दहरु प्रयोग गरिए । तर म सँधै न्याय र सामाजिक हितको पक्षमा उभिने एउटी अवला नारी । मैले आजसम्म कुनै राजनैतिक दलको सदस्यता लिइनँ र कुनै ब्यक्तिलाई कुनै एउटा राजनैतिक दलको कार्यकर्ताको रुपमा व्यवहार वा सोही अनुरुपको संगत गरिनँँ ।

मलाई मानवियता भन्दा कुनै दल, धर्म वा वर्ग ठुलो छ जस्तो कहिल्यै महसुस भएन । जतिखेर मैले ‘रवी लामिछाने दाई जस्तो असल व्यक्ती सतिले सरापेको यो देशमा काम छैन र उहाँलाई टुँडिखेलमा लगेर फाँसी दिईनुपर्छ’ भन्ने लेख सम्प्रेषण गरेको थिएँ, त्यो बेला नेपाली कँग्रेसको सरकार थियो र मलाई त्यसबेला कंग्रेसका झोलेहरुले नेकपा एमाले या माओवादीको दिएका थिए ।

आज म रवी दाईलाई चितवनामा भेटेर फर्किरहँदा यतिखेर नेकपाको सरकार छ । अब म ढुक्क छु, मलाई नेकपाका केहि झोले कार्यकर्ताहरुले अब नेपाली काँग्रेस वा राजावादी दलको बात लगाउनेछन् । मलाई कहिले काँग्रेस, कहिले एमाले या माओवादीका साथै राजावादी दलको सकृय कार्यकर्ताको बात लाग्नु कुनै नौलो पनि रहेन ।

यदी राम्रो मान्छेलाई हाम्रो मान्छेको रुपमा लिदा कुनै दल वा वर्गको आरोप लाग्छ भने म त्यो आरोपलाई सहर्ष स्विकार गर्न तयार रहन्छु । मलाई आरोपका कुनै कुराहरुले फरक पर्ने वाला छैन । म न्यायप्रेमी नारी, म स्वतन्त्रताको पक्षधर । मलाई निस्पक्ष र निस्कपट छानविनको अन्तिम निर्णय मान्य हुनेछ ।

सालिकराम पुडासैनीकी बिधुवी श्रीमती सम्झना पुडासैनीको उजाड सिउँदो र रवी लामिछाने दाईकी निर्दोश श्रीमती निकिता पौडेलले पनि न्याय पाउनुपर्छ । न्याय नडगमगाओस । जे भएको हो त्यही देखोयोस्, जे बितेको हो त्यही लेखियोस् । न्यायलय प्रतिको हाम्रो आस्था, विस्वास र भरोसा ओइलाएर नजाओस् ।

(नायिका स्वेता खड्काले रवि लामिछानेलाई जेलमा भेटेर फर्केपछी फेसबुकमा लेखेको स्टाटसको आधारमा)