इलाम विमानस्थलमा पाइलट ट्रेनिङ स्कुल

Newslaya Home

इलाम विमानस्थलमा पाइलट ट्रेनिङ स्कुल

बुधबार ०४, भदौ २०७६

इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माणाधीन इलाम विमानस्थलमा पाइलट ट्रेनिङ स्कुल खोल्नसमेत उपयुक्त भएको बताएका छन् ।

विमानस्थल निर्माण सम्पन्न गर्न ढिलाइ भएको भन्ने स्थानीयको गुनासो बढेपछि मन्त्री भट्टराईले बुधबार यसको अनुगमन गर्नु गरेका थिए ।

अनुगमनका क्रममा भट्टराईले इलाम पर्यटकीय जिल्ला भएको वर विमानस्थल चल्नेमा आफू ढुक्क भएको बताएका थिए । यसका साथै उनले नेपालको इलाम र दाङ पाइलट ट्रेनिङ स्कुल खोल्नका लागि उपयुक्त रहेको बताएका थिए ।

निर्माणाधीन इलाम विमानस्थलमा अहिले पार्किङ र धावन मार्गको काम भइरहेको छ । १५ महिने ठेक्का सुरु भई काम सुरु भएको १ महिना बितिसकेको छ । अबको १४ महिनामा यसको थप प्रगति हुनेछ भन्दै उहाँले बाँकी कामका लागि थप रकम विनियोजन गर्न आफू लाग्ने प्रतिबद्धतासमेत जनाएका छन् ।