संखुवासभामा भीरबाट ढुंगा खसेर घाइते भएकी विद्यार्थीको हेलिकप्टरबाट उद्धार

Newslaya Home

संखुवासभामा भीरबाट ढुंगा खसेर घाइते भएकी विद्यार्थीको हेलिकप्टरबाट उद्धार

बुधबार ०४, भदौ २०७६

संखुवासभा । संखुवासभामा भीरबाट ढुंगा खसेर घाइते भएकी विद्यार्थीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जसमा संखुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा बुधबार बिहान विद्यालय जाँदै गर्दा भीरबाट खसेको ढुंगाले लागेर कक्षा १० मा अध्ययनरत मनिसा तामाङ घाइते भएकी थिइन् ।

ढुंगाले लागेर गम्भीर घाइते भएकी उनलाई सेनको हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाडौं लगिएको जनाइएको छ ।

घाइते मनिसाको जिल्लामा उपचार हुन नसक्ने अवस्था भएपछि प्रदेशसभा १ का सांसद पूर्णप्रसाद राईको पहलमा उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको बताइएको छ ।