मोबाइल चार्ज गर्दा ध्यान दिनुपर्ने कुरा

Newslaya Home

मोबाइल चार्ज गर्दा ध्यान दिनुपर्ने कुरा

बुधबार ०४, भदौ २०७६

अहिले स्मार्ट फोनको जमाना छ । त्यसैले हामी फोन वा मोबाइलबाट अलगिएर बस्नै सक्दैनौ । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग गरेको छ । तर, हामीले चलाउने स्मार्टफोनको ब्याट्रि धेरै टिक्दैन ।

त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुन्छौं, मोेबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुन्छौं । तर, मोबाइल चार्ज गर्दा हामीले केही कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

मोबाइल धेरै बेर चार्जमा जोडिरहनु हुँदैन । सामन्यतयाः तीन घन्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन । त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्यसबाट सतर्क हुनैपर्छ ।

पावर बैंकबाट वा डुप्लिकेट चार्जर वा अरु फोनका चार्जर जोड्ने बानी पनि बसाल्नु हुँदैन । यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बिग्रने समस्या हुनसक्छ ।

मोबाइललाई पानीबाट जोगाउनु पर्छ । त्यसो त पछिल्लो समय वाटर प्रुफ मोबाइल पनि आउन थालेका छन् । यसको अर्थ हामीले जथाभावी गर्न पाउने भन्ने पनि होइन ।

मोबाइललाई चार्जरमा जोड्दा विद्युत् सर्ट भए नभएको पहिले निश्चित गर्नुपर्छ ।