मालपोत कार्यालयका अधिकृत घुससहित पक्राउ

Newslaya Home

मालपोत कार्यालयका अधिकृत घुससहित पक्राउ

बुधबार ०४, भदौ २०७६

पोखरा । अख्तियार अनुसन्धान आयोगको टोलीले मंगलबार मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मालपोत अधिकृत अभिनाश कुँवरलाई नगद ५९ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

अधिकृत कुँवरले जग्गाको मूल्याङ्कन कम गरी राजश्व घटाई दिए बापत सेवाग्राहीबाट पोखरा राष्ट्रबैंक चोकको एक रेष्टुरेण्टमा रकम लिएका थिए । रकम लिए लगत्तै कुँवरलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।