रवि लामिछाने समर्थकले निकाले इटहरीमा जुलुस

Newslaya Home

रवि लामिछाने समर्थकले निकाले इटहरीमा जुलुस

बुधबार ०४, भदौ २०७६

इटहरी । इटहरीमा टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा सर्वसाधरणहरुले जुलुस निकालेका छन् ।

रविको रिहाईको माग गर्दै सर्वसाधारणहरुले जुलुस निकालेका हुन् । इटहरीको खेतिखोला नजिकबाट निकालिएको जुलुसमा एक सयभन्दा बढि सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान गर्न टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।

लामिछाने पक्राउ परेपछि चितवनमा उनका समर्थकहरुले नियमितजसो प्रदर्शन गरिरहेका छन् । पछिल्लो केहि दिन यता पूर्वी नेपालको शहरहरुमा पनि रवि लामिछाने पक्षमा जुलुस निकाल्न सुरु गरिएको छ ।