श्रीमतीले खानामा बिहान–बेलुकै लड्डु दिएपछि श्रीमानले मागे डिभोर्स

Newslaya Home

श्रीमतीले खानामा बिहान–बेलुकै लड्डु दिएपछि श्रीमानले मागे डिभोर्स

बुधबार ०४, भदौ २०७६

श्रीमतीले बिहान–बेलुकाको खानामा चार वटा लड्डुमात्र दिएपछि श्रीमानले ‘फेमेली कोर्ट’मा डिभोर्सको मुद्धा हालेका छन् ।

उक्त घटना भारतको उत्तर प्रदेशको रहेको छ । यी दुईको बिहे भएको १० वर्ष भएको छ, भने उनिहरुका तीन सन्तान छन् । अदालतमा श्रीमानले आरोप लगाएका छन् की, उनको श्रीमतिले अन्धविश्वास र तान्त्रिकले भनेअनुसार उनलाई लड्डुमात्र खान दिन्छिन् ।

बिहान ४ लड्डु तथा बेलुका ४ लड्डुबाहेक उनले अरु केही खान पाएका छैनन् । उनी केही समय पहिले बिरामी भएका थिए । तब उनको श्रीमति तान्त्रिकको सम्पर्कमा गइन् ।

तान्त्रिकले श्रीमतिलाई भने ‘यदि आफ्नो सबै कुराहरु श्रीमानलाई मनाउन छ भने, उसलाई सँधै लड्डु खुवाउनुपर्छ ।’ तान्त्रिकले यसो भनेपछि श्रीमतीले लड्डु खुवाउँदै आएकी हुन् ।