सुनको मूल्य वृद्धि

Newslaya Home

सुनको मूल्य वृद्धि

बुधबार ०४, भदौ २०७६

काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबारका लागि प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तोकिएको छ। यसअघि भदौ १ गते तोलामा ५ सय रुपैयाँ घटेर ७१ हजार रुपैयाँ कायम भएको सुनको मूल्य तीन दिन स्थिर थियो। बुधबार फेरि ३ सयले बढेको हो ।