नेपाली सेनाले माग्यो २५० जना सेकेन्ड लेफ्टिनेन्ट (विज्ञापनसहित)

Newslaya Home

नेपाली सेनाले माग्यो २५० जना सेकेन्ड लेफ्टिनेन्ट (विज्ञापनसहित)

बुधबार ०४, भदौ २०७६

काठमाडौं । नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) को लागि आवेदन आह्वान गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो । विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागिएको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ।

त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो। दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ। दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ।

विज्ञापन हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्