दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी थिए मंगलबार आत्महत्या गर्ने बच्चुराम

Newslaya Home

दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी थिए मंगलबार आत्महत्या गर्ने बच्चुराम

बुधबार ०४, भदौ २०७६

काठमाडौ । मंगलबार दिउँसो सिंहदरबारमा विष सेवन गरी आत्महत्या गर्ने बच्चुराम केसी दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी रहेको खुलेको छ ।

राष्ट्रिय योजना आयोगमा सुब्बा तहमा कार्यरत केसी कार्यालयमा मृत अवस्थामा भेटिएका थिए । १९ जेठ ०५८ मा भएको राजदरबार हत्याकाण्डका वेला केसी युवराज दीपेन्द्रको बासस्थानका रूपमा रहेको त्रिभुवन सदनमा ब्वाइज (सुब्बा) पदमा कार्यरत थिए । उनको जिम्मेवारी भान्सेका रूपमा थियो ।

ज्ञानेन्द्र शाहले गद्दी सम्हालेपछि उनको सरुवा निर्मलनिवासमा भएको थियो, जहाँ उनी अक्सर पारस शाहसँग रहन्थे । गणतन्त्र स्थापनापछि केसीको सरुवा परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा भयो ।

केसीले १७ जना बंगलादेशीलाई नेपाली राहदानी दिलाएका थिए । यही विषयमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालतमा चलेको मुद्दा हारेलगत्तै उनले आत्महत्या गरेको पारिवारिक स्रोतको दाबी छ ।