यसरी हुँदैछ प्रधानमन्त्रीको उपचार, आवश्यक परे मिर्गौला फेर्नुपर्ने

Newslaya Home

यसरी हुँदैछ प्रधानमन्त्रीको उपचार, आवश्यक परे मिर्गौला फेर्नुपर्ने

बुधबार ०४, भदौ २०७६

काठमाडौ । प्रधानमन्त्री केपी ओली उपचारका लागि पुनः सिंगापुर जाँदै छन् । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर फर्किएको १० दिनपछि बिहीबार फेरी उनी त्यसतर्फ जान लागेका हुन् ।

१२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि उनले अस्पताल धाउनुपरेको हो । मिर्गौलामा समस्या देखिएको र नयाँ औषधि चलाएर हेर्नुपर्ने चिकित्सकले बताएका छन् ।

ओलीको शरीरमा एन्टिबडिज बन्न थालेको र त्यसले मृगौलालाई असर गर्न थालेको चिकित्सकले बताएका छन् । एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्छ । यो उपायले कसैलाई फाइदा पनि गर्छ, कसैलाई नगर्न सक्छ । प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलाइसिसमै जानुपर्ने हुन्छ ।

नेपालमा पनि एउटै व्यक्तिमा दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएका छन् ।