पाथिभरा गोल्डकपः झापा सेमिफाइनलमा प्रवेश

Newslaya Home

पाथिभरा गोल्डकपः झापा सेमिफाइनलमा प्रवेश

मङ्गलबार ०३, भदौ २०७६

ताप्लेजुङ । पाथिभरा गोल्डकप अन्तर्गत क्वाटर फानलको खेलमा रेडस्टार फुटबल क्लब झापाले गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० ले पराजित गरेको छ ।

झापाका लागि योगेश गुरुङले दोस्रो हाफको छैटौँ मिनेटमा गोल गरेका थिए । जुन खेलको निर्णायक गोल बनेको थियो ।

अब रेडस्टार झापाले सेमिफाइनमा भदौ ५ गते मोरङको डाँगीहाटसँग प्रतिस्पर्धा गर्ने छ। मंगलबारको खेलमा रेडस्टारका गोल किपर विवस चौधरी म्यान अफ दि म्याच घोषित भएका छन्। उनले नगद ५ हजार प्राप्त गरे।

बुधबार हुने सेमिफाइनलको पहिलो खेलमा दिउँसो २ बजे रेडहर्ष ईलाम र एलाभेन एरोजबीच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजारसहित ट्रफि प्रदान गरिने छ। उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिइने छ।

सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ ६ गते हुनेछ।