सिरहामा मोटरसाइकल दुर्घटनमा परि एकजनाको मृत्यु

Newslaya Home

सिरहामा मोटरसाइकल दुर्घटनमा परि एकजनाको मृत्यु

मङ्गलबार ०३, भदौ २०७६

सिरहा । सिरहामा मोटरसाइक दुर्घटनमा परि एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको गालबजार नपा २ गुरुधामका ६५ वर्षीय बौद्धनारायण यादव रहेका छन् । प्रहरीका अनुसार उनलाई सिरहाको गोलबाजर नपा ४ निपनियाँमा उत्तरबाट दक्षिणतर्फ बाटो कोट्ने क्रममा पूर्वबाट पश्चिमतर्फ आइरहेको स ४ प ९७५८ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्कर पश्चात दुवै खुट्टा भाँच्चिएका उनको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।