बराह को २५ औँ व्यवसायिक उत्सवमा उपहार सहित भारी छुट

Newslaya Home

बराह को २५ औँ व्यवसायिक उत्सवमा उपहार सहित भारी छुट

मङ्गलबार ०३, भदौ २०७६

धरान । बराह ग्रुप अन्तर्गत बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालिले विगतमा प्रत्येक बर्ष भदौ ५ गते स्थापना दिवश मनाउने आए पनि यस वर्ष भने असोज १३ गते मनाउने भएको छ ।

यस वर्ष २५ औं वार्षिकउत्सवलाई व्यवसायिक उत्सवका रुपमा मनाउने भएकाले असोज १३ गतेका लागि सारिएको मंगलबार पत्रकार सम्मेलन गरि प्रालिका धरान शाखा प्रमुख मान बहादुर विश्वकर्माले बताए । असोज १३ गते प्रालिका परिकल्पनाकार ईन्द्र बहादुर लामिछानेको पनि जन्मदिन परेका ले उनको जीवनिमा आधारित पुस्तक पनि विमोचन हुने बताइएको छ ।

बराह अन्तर्गत सन्चालित बिभिन्न व्यवसायिक युनिटहरुले २५ औँ रजत जयन्ती को अवसरमा भदौ १ गते देखि १० गते सम्म विभिन्न सामग्री खरिदमा २ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७५÷७६ ग्राहक उपहार योजना पनि भदौ ५ गते देखि वितरण गर्न थालिने विश्वकर्माले बताए । उनका अनुसार एक वर्षमा २० हजार देखि २० लाख सम्मका खरिदकर्ता हरुलाई आकर्षण उपहारहरु राखिएका छन् भने २० लाख देखि माथिका खरिदकर्तालाई विशेष उपहार प्रदान गरिनेछ ।

प्रालिको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५ देखि २०७६ असार सम्ममा १७ हजार २ सय ४ जना ग्राहकहरुले बराहका ग्राहककार्ड बनाएका छन् भने १० हजार ३ सय ४ जनाले ग्राहक उपहार पाउने भएकाले छन् । वराह ज्वेलरीको २५ औ वार्षिक उत्सवको अवसरमा २० लाख भन्दा वढिको सामान खरीद गर्नु हुने ५ जना ग्राहकलाई विशेष सम्मान समेत गरीने योजना रहेको छ । ग्राहकहरु मध्ये एकजना भाग्यशाली ग्राहकलाई असोज १३ गतेको वार्षिकोत्सवमा गोलाप्रथाबाट छनौट गरि स्कुटि उपहार प्रदान गरिने भएको छ ।

बिभिन्न क्षेत्र मा आफ्नो सेवा बिस्तार गर्दै आएको बराहले २ बर्ष अघि धनकुटाको नाम्जेमा खरिद गरेको ७ रोपनी जग्गामा होमस्टे संचालनको तयारी गरेको पनि विश्वकर्माले जानकारी गराए ।