मोरङबाट एसइई पुरक परिक्षा दिने एकजना नक्कली परिक्षार्थी पक्राउ

Newslaya Home

मोरङबाट एसइई पुरक परिक्षा दिने एकजना नक्कली परिक्षार्थी पक्राउ

मङ्गलबार ०३, भदौ २०७६

विराटनगर । मोरङबाट अरुको नाममा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छ ।

पक्राउ पर्नेमा सुनवर्सी नगरपालिका–८ का २१ वर्षीय मुन्ना मण्डल रहेका छन् । प्रहरीले उनलाई रंगेली नगरपालिका–६ मा रहेको पब्लिक माध्यमिक बिद्यालय परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।

उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा अन्तर्गत मंगलबार भएको गणित विषयको परीक्षामा ०८१३४३६ सिम्वल नम्बर भएका कुमोदप्रसाद गनगाईको परीक्षा दिएको प्रहरीले जनाएको छ ।