चोटका कारण डेम्बेले पाँच हप्ता मैदान बाहिर

Newslaya Home

चोटका कारण डेम्बेले पाँच हप्ता मैदान बाहिर

मङ्गलबार ०३, भदौ २०७६

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर ओस्माने डेम्बेले खुट्टाको चोटका कारण पाँच हप्तासम्म मैदान बाहिर रहने भएका छन् ।

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको विल्बा विरुद्धको पहिलो खेलमा डेम्बेले घाइते हुन पुगेका थिए ।


डेम्बेले लामो समयसम्म मैदान बाहिर नै रहने भएपछि बार्सिलोनालाई निकै ठूलो धक्का लागेको छ । बार्सिलोनाले ला लिगा फुटबलमा आफ्नो दोस्रो खेलमा रियल बेटिससँग २६ तारिखमा प्रतिस्पर्धा गर्दैछ ।