६ वर्षीय बालकको आन्द्राबाट निकालियो ६१ वटा चुम्बकीय डल्ला

Newslaya Home

६ वर्षीय बालकको आन्द्राबाट निकालियो ६१ वटा चुम्बकीय डल्ला

मङ्गलबार ०३, भदौ २०७६

काठमाडौं । चीनमा एक ६ वर्षीय बालकको आन्द्राबाट ६१ वटा चुम्बकीय डल्ला निकालेको चिकित्सकहरूले दाबी गरेका छन् ।

ती बालकलाई बेस्सरी पेट दुखेपछि नजिकैको अस्पताल लगिएको थियो । बालरोग विशेषज्ञहरूले एक्सरे गर्दा उनको पेटमा धातुका डल्लाहरू एकै ठाउँमा जम्मा भएको देखे ।

आमाले ल्याइदिएको खेलौना ती बालकले निलेको बताइएको छ । बालकको आन्द्राबाट चुम्बकीय डल्ला निकाल्नका लागि तीन घन्टा लागेको चिकित्सकहरूको भनाइ छ ।

उनलाई कुन अस्पतालमा उपचार गरिएको भन्ने खुलेको छैन । हार्बिन शहरमा घटना भएको विश्वास गरिएको छ । बालरोगविशेषज्ञ शु बोले शल्यक्रियापछि बालकको स्वास्थ्यस्थिति स्थिर रहेको बताए ।

ती चुम्बकहरू नीयोडाइमियम भएको पाइयो । यो शैक्षिक खेलौनाका रूपमा बजारमा बेच्ने गरिएको छ ।