इटहरीमा आयोजित मिसेस तीजका सहभागिहरु बन्द प्रशिक्षणमा

Newslaya Home

इटहरीमा आयोजित मिसेस तीजका सहभागिहरु बन्द प्रशिक्षणमा

मङ्गलबार ०३, भदौ २०७६

इटहरी । नारीहरुको पर्व तीजको अवसरमा बिहानी डान्स सेन्टरले गरेको प्रदेश १ मिसेस तीज प्रतियोगिताका सहभागिहरु यतिखेर बन्द प्रशिक्षणमा छन् ।

विवाहित महिलाहरूको प्रतिभा प्रष्फुटन र क्षमता विकासका लागि आयोजित मिसेस तिजमा ११ जना महिलाहरु सहभागि छन् ।

गत साउन १८ र २३ गते गरी दुई पटक अडिसन गरिएको कार्यक्रम संयोजक प्रनिसा उदासले जानकारी दिइन् । अडिसनबाट छानिएका ११ जना प्रतिष्पर्धीलाई अहिले तालिम दिइरहेको हो ।

छानिएका प्रतिष्पर्धीहरुलाई र्याम्प वक, कुक तालिम, पब्लिक स्पिकिङ, जुम्बा, हेल्थ टिप्सजस्ता तालिम दिइरहेको उनले जनकारी दिइन् ।

सहभागी भएकाहरुको फोटो सुट गरि पेजमा हालिएको छ । पेजमा हालिएका फोटोहरुमा आएको लाइकहरुलाईसमेत अन्तीम नतिजाको लागि आधार बनाइने उनले बताइन् ।

सहभागि महिलाहरुलाई सौन्दर्यका साथै विभिन्न सामाजिक विषयवस्तुमा समेत जानकार गराउने गरी कार्यक्रमहरु भइरहेको उनले बताइन् ।

प्रतियोगिताका विजेताहरूले विभिन्न उपहार र नगत पुरस्कार सहित कम्प्युटर कक्षा, भाषा कक्षा, आइएलटिएस कक्षा, जिम कक्षा, जुम्बा जस्ता नृत्य कक्षाका अवसरहरु पाउनेछन् ।