ज्योतिषलाई लाइसेन्स दिएर राजस्व असुल्न सांसदको माग

Newslaya Home

ज्योतिषलाई लाइसेन्स दिएर राजस्व असुल्न सांसदको माग

मङ्गलबार ०३, भदौ २०७६

काठमाडौं । प्रतिनिधिसभाकी सांसद विमला विश्वकर्माले ज्योतिषहरुलाई पनि लाइसेन्सको व्यवस्था गर्न माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा ज्योतिषीको पढाइ विद्यालयदेखि पीएचडीसम्म हुने गरेको भन्दै उनले अरु विषयको जस्तै अध्ययनपश्चात् लाइसेन्स दिएर व्यवस्थित गर्न माग गरेकी हुन् ।

ज्योतिषी पेशा गर्नेहरुले महिनामा तीन लाखसम्म कमाइरहेको भएपनि उनीहरुको निगरानी कुनै पनि निकायले नगरेको उनले बताइन् । कुनै निकायले निगरानी नगर्दा थुप्रै विकृति आइरहेको भन्दै सांसद विश्वकर्माले निश्चित योग्यता पुगेका ज्योतिषहरुलाई लाइसेन्सको व्यवस्था गर्न सके राज्यले करोडौं राजस्व उठाउन सक्नेतर्फ ध्यानाकर्षण गराइन् ।