सिंहदरबार भित्रै योजना आयोगका कर्मचारी मृत फेला

Newslaya Home

सिंहदरबार भित्रै योजना आयोगका कर्मचारी मृत फेला

मङ्गलबार ०३, भदौ २०७६

काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत फेला परेका छन् । आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा मृत अवस्थामा फेला परेका हुन् ।

उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ । महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले कर्मचारीले आत्महत्या गरेको खबर पाएपछि प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको बताए ।

फरेन्सिक र सिन अफ क्राइम (सोको) वि‍‌ज्ञ टोली घटनस्थल पुगेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।