ठूलो संख्यामा सचिवहरुको सरुवा गरिदै

Newslaya Home

ठूलो संख्यामा सचिवहरुको सरुवा गरिदै

मङ्गलबार ०३, भदौ २०७६

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एकैपटक ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्पादन सम्झौतापछि धमाधम सचिवहरुसँग पनि भइरहेका बेला सचिवहरुको सरुवा गरिएको हो ।

सरुवासम्बन्धी निर्णय प्रमाणीकरण भइसकेको छैन् ।

स्रोतका अनुसार अर्थका दुवै सचिवको सरुवा भएको छ । अर्थमा राजन खनाल र लालशंकर घिमिरे सचिव छन् । घिमिरेले भदौ १० गतेबाट अवकाश समेत पाउँदैछन् । खनाल माघमा अवकाश पाउने सूचीमा छन् ।

गृहसचिव भने यथावत राखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालयमा नयाँ सचिव पठाइएको छ ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग र पर्यटन सचिवको पनि सरुवा भएको स्रोतले बताएको छ । सरुवासम्बन्धी निर्णय मंगलबार बेलुकीसम्म प्रमाणीकरण हुने मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।