थप उपचारकालागि भदौ ५ गते प्रधानमन्त्री ओली सिंगापुर जाने

Newslaya Home

थप उपचारकालागि भदौ ५ गते प्रधानमन्त्री ओली सिंगापुर जाने

मङ्गलबार ०३, भदौ २०७६

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि भदौ ५ गते सिंगापुर जाने भएका छन् ।

२६ साउनमा स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा फेरि समस्या देखिएपछि ५ भदौमा सिंगापुर जाने मिति तय भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । त्यसअगाडि प्रधानमन्त्रीले सर्वदलीय बैठक र पार्टी सचिवालयको बैठक समेत बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो तीन बजे नेकपा सचिवालय बैठक र साँझ ५ बजे सर्वदलीय बैठक बोलाएका छन् ।