बिनादर्ताका एक हजार प्रकारका औषधी बजारमा, फिर्ता गर्न अटेर

Newslaya Home

बिनादर्ताका एक हजार प्रकारका औषधी बजारमा, फिर्ता गर्न अटेर

मङ्गलबार ०३, भदौ २०७६

काठमाडौं । दर्ताबिना धमाधम बिक्री भइरहेका झन्डै १ हजार औषधि बजारबाट फिर्ता गर्न औषधी व्यवशायीले अटेर गरेका छन् । औषधि व्यवस्था विभागले ताकेता गर्दा पनि पसलले नमानेका हुन् । विभागले दर्ता नभएका औषधि बिक्री गरे औषधि पसलको प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको छ ।

विभागका प्रवक्ता सन्तोष केसीले दर्ता नभई औषधि बिक्री नगर्न औषधि विक्रेतालाई अनुरोध गरे । दर्ताबिना औषधि बिक्री गरेको पाइए औषधि ऐन २०३५ अनुसार कारबाही हुने उनले जानकारी दिए । औषधि व्यवस्था विभागका अनुसार नेपालमा १८ हजार औषधिका ब्रान्ड दर्ता भएका छन् ।

स्रोतका अनुसार झन्डै १ हजार ब्रान्डका खाद्यपूरक औषधि, न्युट्रास्यिुटिकल, मलमजन्यलगायत औषधि दर्ताबिनै बिक्री वितरण भइरहेका छन् ।

विभागले दर्ताबिनै औषधि बिक्री गरेमा औषधि पसलको दर्ता खारेज गर्ने चेतावनीसमेत दिएको छ ।