ओस्कर अवार्डमा कस्ता फिल्मले प्रतिष्पर्धा गर्न पाउँछन् ?

Newslaya Home

ओस्कर अवार्डमा कस्ता फिल्मले प्रतिष्पर्धा गर्न पाउँछन् ?

मङ्गलबार ०३, भदौ २०७६

अस्कर अवार्ड चलचित्र क्षेत्रको विश्वको सबैभन्दा प्रतिष्ठित अवार्ड हो । तर यो अवार्ड आजसम्म कुनै नेपाली चलचित्र तथा कलाकारले पाउन सकेका छैनन् । खासमा प्रतिस्पर्धामा भाग लिन पनि विभिन्न मापदण्डहरु पुरा गर्नुपर्छ, जुन धेरै गाह्रो छ । २०७५ असोज १५ गतेभन्दा पछि तथा २०७६ साल भदौ १३ गते अगाडि नै प्रदर्शन भएको चलचित्रलाई प्रतिष्पर्धा गराउन सकिन्छ ।

निम्न मापदण्ड पुगेका चलचित्रले २०७६ भदौ १३ गते शुक्रवारसम्म कमिटीलाई फिल्म बुझाउन सक्नेछन् –
- निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल) पर्दामा देखिने हुनुपर्ने,
- अङ्ग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश,
- चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका सूचनाका प्रमाणहरू,
- सम्बन्धित चलचित्रका ३ देखि ५ वटा अचल तस्बिर,
- निर्देशकको फोटो,
- चलचित्र रिलिज हुँदाको पोस्टर र
- चलचित्रको डिजिटल कपी