खाना समयमा नदिएको भन्दै वेटरको गोली हानी हत्या

Newslaya Home

खाना समयमा नदिएको भन्दै वेटरको गोली हानी हत्या

सोमबार ०२, भदौ २०७६

बिबिसि । समयमै आफ्नो खाना तयार नगरिदिएको झोकमा प्यारिस नजिकैको एक रेष्टुरेन्टमा एक जना ग्राहकले एक वेटरको गोली हानी हत्या गरेका छन् ।

प्रहरीले शुक्रबार रातिको घटनामा हत्याको अनुसन्धान भइरहेको बताएको छ । गोली हान्ने ग्राहक भागेको र अहिलेसम्म पक्राउ नपरेको बताइएको छ ।

स्वास्थ्यकर्मीहरूले काँधमा गोली लागेका २८ वर्षीय वेटरलाई बचाउने प्रयास गरेपनि सफल भएनन् । मृतकका सहकर्मीहरूले ती ग्राहक उनले माग गरेको खाना बनाउन लागेको समयका कारण रिसाएका थिए ।