दर्ता नभएका औषधि बिक्री गरे प्रमाणपत्र खारेज गर्ने औषधि विभागको चेतावनी

Newslaya Home

दर्ता नभएका औषधि बिक्री गरे प्रमाणपत्र खारेज गर्ने औषधि विभागको चेतावनी

सोमबार ०२, भदौ २०७६

काठमाडौं । औषधि व्यवस्था विभागले कानून बमोजिम दर्ता नभएका औषधिहरु बिक्रि वितरण गरे प्रमाणपत्र खारेज गरिने चेतावनी दिएको छ ।

विभागले निरीक्षण तथा अनुगमनको क्रममा त्यस्ता औषधिहरुको संचय, बिक्री वितरण गरेको पाइएमा औषधि ऐन बमोजिम त्यस्ता औषधिहरु जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र खारेज गरि कारबाही गरिने चेतावनी दिएको हो ।

विभागले सोमबार सूचना जारी गदै औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितारण गर्न अनुमति लिएका थोक तथा खुद्रा बिक्रेताहरुलाई दर्ता भएका औषधीहरु मात्रै बिक्रि वितरण गर्न भनेको छ ।