भारतमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, १५ जना घाइते

Newslaya Home

भारतमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, १५ जना घाइते

सोमबार ०२, भदौ २०७६

काठमाडौं । भारतको महाराष्ट्रमा बस र ट्रक एकआपसमा ठोक्किदा १३ जनाको मृत्यु भएको छ । आइतबार राति अवेर महाराष्ट्रको धुलेमा भएको दुर्घटनामा चालक र सहचालकसहित १३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । धुलेबाट औरंगाबाद जाँदै गरेको बस शाहदा–डोंडिचा रोडमा दुर्घटनामा परेको हो ।