‘सडक २’ को अफर आउँदा आलिया मख्ख

Newslaya Home

‘सडक २’ को अफर आउँदा आलिया मख्ख

सोमबार ०२, भदौ २०७६

काठमाडौं । आलिया भट्ट अहिले ‘सडक २’ को सुटिङमा व्यस्त छिन् ।

यसपछि उनी सञ्जयलीलला भन्सालीको इन्साअल्लाह र करण जौहरको तख्तमा व्यस्त हुनेछिन् ।

व्यस्त आलियाले ‘सडक २’को अफर आउँदा आफू खुसीले उफ्रिएको बताएकी छन् । ‘मलाई याद छ कि म खुसीले उफ्रिएकी थिएँ, म मुम्बईबाट बाहिर थिएँ । अचानक मलाई कल आएको थियो कि ‘सडक २’ फिल्ममा मलाई लिइएको छ,’ उनले भनिन्, ‘म खुसीले पाँच मिनेटसम्म उफ्रिरहें । म उत्साहित थिएँ र सुटिङ पनि राम्रै चल्दै छ ।’