हत्यारासँग पैसा लिएर घटना गुपचुप राख्ने महिला पक्राउ

Newslaya Home

हत्यारासँग पैसा लिएर घटना गुपचुप राख्ने महिला पक्राउ

आइतबार ०१, भदौ २०७६

भोजपुर । भोजपुरबाट श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाकी मिना मिजार रहेकी छिन् । उनीमाथि हत्यारासँग पैसा लिएर घटना लुकाएको आरोप रहेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन्त्रणमा लिएको छ।

०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले स्थानीय चम्पिरा खोलाको भिरबाट धेकेलेर हत्या गरेको प्रहरीको भनाइ छ। घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना गुपचुप राख्न अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख गरिएको छ।

घटनामा आरोपी स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र बिष्णु बयलकोटीले श्रीमती मिनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेका थिए। मुख्य अभियुक्त रम्तेलसँग मृतकका पत्नीले २ लाख रुपैयाँ नगद लिएको प्रहरीको भनाई रहेको छ ।

आफ्नै पतिको हत्याराबाट लिएको रकमले सदरमुकामस्थित एक सहकारी संस्थामा जम्मा गरेको खुलेको छ। सहकारीमा १ लाख ७० हजार र बाँकी ३० हजारको आफ्नी सासूलाई भैँसी किन्न दिएको मिनाले बयान दिएकी छन्।