मोरङबाट दुर्लभ सुनगोहोरो सहित एकजना पक्राउ

Newslaya Home

मोरङबाट दुर्लभ सुनगोहोरो सहित एकजना पक्राउ

आइतबार ०१, भदौ २०७६

विराटनगर । मोरङबाट दुर्लभ सुनगोहोरो सहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका-६ हसन्दहका ५९ वर्षीय जसबहादुर धिमाल रहेका छन् । उनलाई प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ बाट १२ वटा सुनगोहोरो सहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीकाअनुसार चेकजाँचका क्रममा दुईवटा झोलामा हालेर साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा सुन गोहोरो बरामद भएको हो।

बरामद भएका सबै सुन गोहोरो जिउँदै रहेका छन् । पक्राउ परेका धिमालले मासु खानका लागि सुन गोहोरो ल्याएको प्रहरीलाई बताएका छन् ।

पक्राउ परेका धिमाललाई आवश्यक कारबाहीका लागि आइतबार डिभिजन वन कार्यालय मोरङमा बुझाइएको बताइएको छ ।