बोक्सीको आरोप लगाई मलमुत्र खुवाउने दुईजना पक्राउ

Newslaya Home

बोक्सीको आरोप लगाई मलमुत्र खुवाउने दुईजना पक्राउ

आइतबार ०१, भदौ २०७६

महोत्तरी । महोत्तरीबाट बोक्सीको आरोप लगाई मलमुत्र खुवाएको आरोपमा दुई जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुकेश्वरीदेवी दनुवार र इन्दुदेवी दनुवार रहेका छन् ।

उनीहरुमाथि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नं. ४ की एक महिलालाई मलमूत्र खुवाएको आरोप रहेको छ । प्रहरीका अनुसार पीडित महिलाले आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त घटनामा संलग्न तीन जना अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।