झापामा विष्फोट गराएको आरोपमा विप्लवका ६ जना कार्यकर्ता पक्राउ

Newslaya Home

झापामा विष्फोट गराएको आरोपमा विप्लवका ६ जना कार्यकर्ता पक्राउ

आइतबार ०१, भदौ २०७६

झापा । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ का ६ जना नेता तथा कार्यकर्तालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्युरो सदस्य राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज सागर लिम्बु (सक्कल), मेची ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य योगेश लिम्बू, अर्जुनधारा नगरपालिका ३ बस्ने प्रेम चापागाईँलाई र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक गणेश कार्की रहेका छन् ।

उनीहरूलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकका संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापा प्रहरीले जिल्लाभरिबाट अहिलेसम्म विप्लव समूहका २३ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।