झापाबाट गाँजासहित एकजना पक्राउ

Newslaya Home

झापाबाट गाँजासहित एकजना पक्राउ

आइतबार ०१, भदौ २०७६

झापा । झापाबाट गाँजासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाका ५४ वर्षीय तीर्थराज दाहाल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दाहाललाई उनकै घरबाट दुई केजी ७०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका दाहाललाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।