साफ च्याम्पियनसिपको लागि नेपाली टोलीलाई बिदाई

Newslaya Home

साफ च्याम्पियनसिपको लागि नेपाली टोलीलाई बिदाई

आइतबार ०१, भदौ २०७६

इटहरी । बुधबारदेखि भारतको कोलकत्तामा हुन लागेको अण्डर १६ साफ च्याम्पियनसिफ फुटबल प्रतियोगितको लागि नेपाली टोलीलाई बिदाई गरिएको छ ।

एन्फा सुनसरीले इटहरीमा एक कार्यक्रमको आयोजना गरि अखिल नेपाल फूटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतका पदाधिकारीले टोलीको बिदाइ गरेका हुन् ।

नेपालले पहिलो खेल बुधबार भारतसँग खेल्ने मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले बताएका छन् । बिदाइ तथा सुभकामना कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पदाधिकारीमा धेरै महत्वकांक्षा बढेको गुनासो गरे ।

अभावै अभावमा अघि बढिरहेको बताउदै शेर्पाले एन्फाको कुनै आम्दानी नभएको अवस्थामा पदाधिकारीहरु धेरै महत्वकांक्षी भएको बताए । आफूहरु परिवर्तनको नारा बोकेर अघि बढेकाले केही कमीकमजोरी भएपनि मिडियाले अनाआवश्यक उचाल्ने गरेको शेर्पाको आरोप रहेको छ ।

साथै भौतिक पूर्वाधारको अभावले गर्दा फूटबलमा अपेक्षकृत बिकास हुन नसकेको शेर्पाले बताएका छन् । सातदोबाटोमा रहेको मैदानमा बिहान र बेलुकाको समय भाग लगाएर टेनिङ सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो रहेको छ ।