त्रिभुवन विमानस्थल भदौ १५ गतेदेखि ७ घन्टा बन्द हुने

Newslaya Home

त्रिभुवन विमानस्थल भदौ १५ गतेदेखि ७ घन्टा बन्द हुने

आइतबार ०१, भदौ २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ १५ गतेदेखि पुनः ७ घन्टा बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नोटाम जारी गर्दै बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने जानकारी गराएको हो । नोटाम जारी भएको समय अर्थात् रातको २ बजेबाट साढे २ बजेसम्म भने नेपाल एयरलाइन्सको आसोका उडान भर्ने विमानका लागि पनि नोटाम लागू हुने छैन । नेपाल एयरलाइन्सले भदौ १२ बाट ओसाका उडान गर्दैछ ।

विमानस्थलको ट्याक्सी वे, ट्याक्सी वे र रन–वे बीचको लिंक रोड जोड्ने कामका लागि प्राधिकरणले नोटाम जारी गर्दै विमानस्थलमा हुने उडान तथा अवतरण बन्द गर्न लागेको हो । साथै उक्त समयमा रन–वेमा लाइटिङको काम पनि हुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए ।