रवि लामिछानेसहित तीन जना बिरुद्ध किटानी जाहेरी

Newslaya Home

रवि लामिछानेसहित तीन जना बिरुद्ध किटानी जाहेरी

आइतबार ०१, भदौ २०७६

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता काकीविरुद्ध किटानी जाहेरी परेको छ ।

स्व.पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले काठमाडौं प्रहरी परिसरमा उनीहरुविरुद्ध किटानी जाहेरी दिएकी हुन् । जाहेरी दर्ता गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बताए ।

जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरेर पक्राउ परेका रविसहित तीनजनाबारे अनुसन्धान भइरहेको छ । पुडासैनीले हात्महत्या गर्नुअघि लामिछाने, कँडेल र अस्मिताले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै भिडियो रेकर्ड गरेका थिए । सोही आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।