आईफा अवार्ड भारतमा हुने निश्चित

Newslaya Home

आईफा अवार्ड भारतमा हुने निश्चित

आइतबार ०१, भदौ २०७६

काठमाडौं । यस वर्षको भारतीय फिल्म अवार्ड (आईफा अवार्ड) भारतमै हुने भएको छ ।

नेपालमा आयोजना गर्ने तयारी भएपनि तीव्र विवादका कारण रोकिएको थियो । आईफा अवार्ड भारतमै हुने विजक्राफ्ट इन्टरनेशनल इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । कम्पनीको आधिकारिक वेबसाइटकाअनुसार यो अवार्ड भारतमा पहिलो पटक आयोजना गरिन लागेको हो ।

अभिनेत्री कट्रीना कैफले इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै आफू कार्यक्रमका लागि उत्साहित भएको उल्लेख गरेकी छिन् । ‘आईफा अवार्ड न्यूयोर्क’ को फोटो पोष्ट गर्दै कट्रीनाले अन्ततः आईफा घर फर्किएको उल्लेख गरेकी छिन् ।

अवार्ड आगामी सेप्टेम्बरमा हुनेछ । आईफाको पहिलो संस्करण सन् २००० मा लण्डनमा भएको थियो । २० वर्षको अवधिमा १२ मुलुकका १६ शहरमा यो अवार्ड कार्यक्रम आयोजना भइसकेको छ ।